जनमत पार्टीको केन्द्रीय समिति विस्तार, प्रवक्तामा डा. शरदसिंह यादव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जनमत पार्टीको केन्द्रीय समिति विस्तार, प्रवक्तामा डा. शरदसिंह यादव


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको सचिवालय बैठकले विस्तार गरेसँगै अब केन्द्रीय समितिको संख्या दुई सय १६ पुगेको छ ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् ।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ ।​ यसैगरी डा. शरदसिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस