राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रूपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस