कुथेली बुखरी स्मल हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुथेली बुखरी स्मल हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज असार २९ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार यस आइपीओ मा असार २८ गते साँझ ५ः०४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिइसकेका छन्।

यस कम्पनीले असार २६ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। हाइड्रोपावरले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यो मध्ये १०५ अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

त्यस्तै, ५५ अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २५ अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस