काँग्रेस केन्द्रीय समिति बैठक २ साउनमा « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

काँग्रेस केन्द्रीय समिति बैठक २ साउनमा


२७ असार २०८०, बुधबार


काठमाडौँ । आजदेखि पार्टी मुख्यालय सानेपामा हुने तय भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी २ साउनलाई सारिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको बुधबार बिहान ८.३३ बजे निधन भएपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन गरिएको हो।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ साउन दिउँसो १ बजे नै बस्ने तय भएको काँग्रेस कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति निकालेर जानकारी दिएका हुन्। बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी एवं सदस्यलाई उपस्थित आग्रह गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस