सीता दाहालको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीता दाहालको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त


२७ असार २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

‘यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ’, शोक वक्तव्यमा भनिएको छ ।

पार्टी सभापति रवि लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दु:खद् घडीमा उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस