अर्थ समितिमा मौद्रिक नीतिको आगामी कार्यदिशामा छलफल हुँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अर्थ समितिमा मौद्रिक नीतिको आगामी कार्यदिशामा छलफल हुँदै


२७ असार २०८०, बुधबार


काठमाडौँ । अर्थ समितिको बैठक आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयमा बुधबार बस्ने अर्थ समितिको बैठकमा राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका पदाधिकारीसँग मौद्रिक नीतिबारे छलफल गर्ने तयारी गरिएको छ ।

बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन,मौद्रिक नीतिका उपकरणहरू र तिनीहरूको प्रवृत्ति लगायतका अन्य विविध विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत लगायतसँग विषयगत छलफल हुने बताइएको छ ।

त्यस्तै, आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्दै छ । दिउँसो १ बजे समितिको समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस