शेयर बजार साढे ४ अङ्कले घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शेयर बजार साढे ४ अङ्कले घट्यो


२६ असार २०८०, मंगलबार


काठमाडौँ । शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७३ अङ्कले घटेर दुई हजार ७२ दशमलव २४ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, उत्पादन र म्युचल फन्डकाे शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । सबैभन्दा धेरै सिङ्गटी हाइड्रोको शेयर छ प्रतिशत तथा श्वेतगंगा हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, रावा इनर्जी र एनआईबीएल समृद्धि फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ८३ वटा कम्पनीका ७९ लाख ८८ हजार कित्ता शेयर कारोबार भएका छन् । हिजो साेमवार तीन अर्ब ७९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस