भुक्तानी नपाएपछि ब्यावसायीले लगाए सोरु गाउँपालिकामा ताला   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भुक्तानी नपाएपछि ब्यावसायीले लगाए सोरु गाउँपालिकामा ताला  


२६ असार २०८०, मंगलबार


मुगु । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको  कार्यालयमा व्यवसायीले तालाबन्दी गरेका  छन् । 

सोरु गाउँपालिकाको केन्द्रमा रहेको सोरुकोटका पसले तथा होटेल ब्यावसायीसँग गाउँपालिकाले कार्यालय प्रयोजनका लागि लिएको सामाग्री तथा खाजा खर्चको रकम भुक्तानी नपाएपछि कार्यालयमा सोमबार ३ बजेपछि व्यवसायीले तालाबन्दी गरे । 

गाउँपालिकाले दर्जन बढी व्यवसायीका ५० लाख बढी रकम तिर्न बाँकी रहेको व्यवसायीहरूको दाबी छ । 

व्यवसायी उब्जन बुढा भन्छन्, ‘निवर्तमान जनप्रतिनिधीहरुले कार्यालय प्रयोजनका लागि लिएको विभिन्न सामाग्रीको हाल सम्म गाउँपालिकाले भुक्तानी दिएको छैन, यहाँ आएका हरेक व्यवसायीले न्यूनतम पनि एक लाख रुपैयाँ उठाउन बाँकी छ । 

 तर, गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्पष्ट कुरा बताउन नखोजेर उक्त विषयलाई सामान्य भएको बताउँदै प्रश्नबाट भाग्न खोजे । 

शाहीले भने,‘यो विषय सामान्य हो,अरु बताउन जरुरी छैन ।’

गाउँपालिकामा लगाइएको ताला अझै खुलेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस