सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित


२५ असार २०८०, सोमबार


काठमाडौँ । अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ ।

सप्तरीका अस्पताल तथा सरकारी कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले छड्के अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा १३ जना चिकित्सकसहित ८९ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अनुपस्थित रहेको पाइएको जनाइएको छ ।  

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयमा कार्यालय प्रमुख रेखाकुमारी यादव, सूचना अधिकारी कमलनारायण साहसहित आठजना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । अनुगमनको क्रममा कार्यालय प्रमुख यादव उपस्थित भए पनि २२ असारदेखि नै उनले हाजिर नगरेको पाइएको सिडिओ थापाले जानकारी दिए । त्यस्तै, सूचना अधिकारी साहले पनि ४ असारपछि हाजिर गरेका छैनन् ।

त्यस्तै, साल्ट ट्रेड्रिङ कर्पोरेसन लिमिटेडमा एकजना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । 

अनुगमनको क्रममा सिडिओ थापाले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्‍याउन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस