काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले नेतृत्व पाएको छ । लामो समयदेखिको विवाद र अनिर्णय अन्त्य गर्दै डा. नेत्र तिम्सिनाको नेतृत्वमा केन्द्रीय कमिटी बनाइएको हो ।
काठमाडौँमा आज सम्पन्न विशेष महाधिवेशनबाट तिम्सिना अध्यक्ष रहेको ३३ सदस्यीय कमिटी घोषणा गरिएको छ ।
कमिटीको महिला उपाध्यक्षमा चन्द्रकला कार्की, उपाध्यक्षमा विशाल भण्डारी, महामन्त्रीमा दीपेन्द्रराज ढकाल, कोषाध्यक्षमा सीताराम कोइराला, उपमहामन्त्रीमा जगदीश भट्टराई र उपकोषाध्यक्षमा होमप्रसाद पाठक छन् ।
