चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्छ : परराष्ट्रमन्त्री साउद  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्छ : परराष्ट्रमन्त्री साउद 


२५ असार २०८०, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका हुन्।

एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो।

‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’

छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शी रूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए।

‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रूपले आफ्ना कन्सर्न राख्नुपर्छ।’

भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै साउदले खुला सिमाना, दुई तिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस