संसदको अवरोध खुलाउन एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संसदको अवरोध खुलाउन एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने


२५ असार २०८०, सोमबार


काठमाडौँ । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सिंहदरवामा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् ।

बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए ।

सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ ।

संसद बैठक अघि एमालेको संसदीय दलको बैठक पनि संसद भवनमै बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस