२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पलालको योगदानलाई युवापंक्तिमा पुर्‍याउन आवश्यक : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवापंक्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्मरण गरे।

उनले कम्युनिस्ट आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्रै नभई, पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको बताए।

अध्यक्ष नेपालले भने, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो। कम्युनिस्ट आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नै काँग्रेस र कम्युनिस्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सार्नुभएको थियो। उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ। उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो। उहाँका योगदानलाई अझै हामीले युवापंक्तिको बीचमा पुर्‍याउन सकौँ, उहाँको प्रेरणा लिन उत्प्रेरित गर्न सकौँ।’