सहमति गरेर जानुभएका ओलीजीले पछि कुरा मिलेको छैन भन्नुभयो : माओवादी केन्द्र « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सहमति गरेर जानुभएका ओलीजीले पछि कुरा मिलेको छैन भन्नुभयो : माओवादी केन्द्र


२४ असार २०८०, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा (एमाले) का कारण आइतबार संसद बैठक बस्न नसकेको बताएका छन्।

आजको बैठक सञ्चालन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदमा स्पष्टीकरण दिने सहमति भएको थियो।

‘छलफलमा उहाँ (ओली) प्रधानमन्त्रीलाई बोल्न दिने सहमति गरेर जानुभयो तर पछि हामी संसद बैठक चल्न दिन्नौँ है भनेर सन्देश पठाउनुभयो,’ पाण्डेले भने,‘प्रमुख प्रतिपक्षी दलले संसद चल्न नदिने भनेपछि आजको बैठक बस्न सकेन।’

Tags :
प्रतिक्रिया दिनुहोस