कानून बनाउन माग गर्दै मिटरव्याजपीडितले गरे संसद भवन घेराउ  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कानून बनाउन माग गर्दै मिटरव्याजपीडितले गरे संसद भवन घेराउ 


२४ असार २०८०, आइतबार


काठमाडौँ । मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संघीय संसद भवन घेराउ भएको छ।

काठमाडौँको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन्।

सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो।

सरकारले मिटरव्याजविरूद्ध नयाँ विधेयक संसदमा अघि बढाउने तयारी गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस