२०८४ सालमा जोसँग मिलेपनि काँग्रेसले चुनाव जित्दैन : प्रदीप पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२०८४ सालमा जोसँग मिलेपनि काँग्रेसले चुनाव जित्दैन : प्रदीप पौडेल


२३ असार २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ सालमा काँग्रेस पार्टीले चुनाव नजित्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसरी नै सरकार चले २०८४ सालमा जुन पार्टीसँग मिलेर चुनाव लडेपनि नजित्ने बताएका हुन्।

‘सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौँ। त्यसैले मुख्य कुरा मिसन २०८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ,’ उनले भने। 

यस्तै काँग्रेस सहभागी भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिलाउन सके नयाँ पार्टीहरूबाट डराउनु नपर्ने उनले बताए। 

‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभरी गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिन सक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ,’ उनले भने, ‘कसैसँग डराउनु पर्दैन।

उनले रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा सामाजिक सञ्जालमा नराम्रो नलेख्न पनि उनले आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस