इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा, ज्ञानेन्द्रसहित ४ बाहिरिए  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा, ज्ञानेन्द्रसहित ४ बाहिरिए 


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो यथावत् छन् ।

करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् । सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा नपरेका हुन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलङ्कामा हुँदैछ ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेस्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, युएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र युएई छन् ।

श्रीलङ्का ए, बङ्गलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस