विश्व कप छनोटमा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विश्व कप छनोटमा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दै


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजे शुरु हुनेछ ।

श्रीलङ्का सुपर सिक्सको शीर्षस्थानमा रहेर यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । त्यस्तै, हिजो भएको खेलमा स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा पुगेको छ । यी दुई टोलीले उपाधिका लागि आइतवार खेल्नेछन् ।

जिम्बावेमा भएको विश्वकप छनोटबाट टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड विश्व कपमा पुग्न असफल भएका छन् । विश्वकप आउँदो अक्टोबर-नोभेम्बरमा भारतमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस