वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘आयोजनाले काठमाडौँ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ’, उनले भने । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्यकामा ल्याइने पन्तको भनाइ छ ।

आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउन सक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको उनले बताए । ‘पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो’, पन्तले भने ।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनः निर्माण बाँकी छ

Tags :
प्रतिक्रिया दिनुहोस