निजी अस्पताल तथा मेडिकलहरूले असार मसान्त सम्म स्वीकृति लिईसक्नु पर्ने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजी अस्पताल तथा मेडिकलहरूले असार मसान्त सम्म स्वीकृति लिईसक्नु पर्ने 


२१ असार २०८०, बिहिबार


काठमाडौँ । ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। 

जिल्ला अनुगमन समितिले स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताल तथा मेडिकल हलहरूलाई यस्तो निर्देशन दिएको हो । 

पटक–पटक सञ्चालन स्वीकृतिका लागि दिएका निर्देशनको पालना नभएको ठहर गर्दै जिल्ला अनुगमन समितिले असार मसान्त सम्ममा स्वीकृति नलिएका निजी अस्पताल तथा मेडिकल हलहरूलाई कानुन अनुसार कारबाही गर्ने निष्कर्ष निकालेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । 

अनुगमनका क्रममा सम्बन्धित निकायमा पेश हुनुपर्ने प्रतिवेदन समयमै आउन नसकेकोले अब उप्रान्त समयमै प्रतिवेदन पेश गर्न समेत अनुगमन समितिले निर्देशन हो । प्रक्रिया र मापदण्ड पूरा नगरी अवैध रूपमा चले कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस