‘मा‌ओवादीले जितेन भने देश बर्बाद हुन्छ’ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

‘मा‌ओवादीले जितेन भने देश बर्बाद हुन्छ’


२० असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले नजितेमा देश बर्बाद हुने बताएका छन् । 

बुधबार क्रान्तिकारी स्ववियु काउन्सिल, नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशका लागि माओवादी बलियो हुन आवश्यक भएको बताए। सबै माओवादी मिलेमा २०६४ सालको भन्दा बलियो भइने उनको भनाइ थियो। “आँट गरौँ, हामी जित्छौँ,” दाहालले भने, “हामीले जितेनौँ भने देश बर्बाद हुन्छ।”

यसका लागि सबैले पार्टी र नेतृत्वमा विश्वास गर्नुपर्ने उनको भनाई थियो। “नेतृत्व रातारात जन्माएर जन्मिने कुरा होइन। यो इतिहासले जन्माउने कुरा हो। म हुन्छु भनेर रहरले हुने कुरा पनि होइन। त्यो इतिहास र जनताले, हजारौँ योद्धाको सामूहिक विवेकले जन्मिने हो नेता,” यसअघि माओवादी छोडेर गएका नेताहरूप्रति इङ्गित गर्दै दाहालले भने, “साथीहरूले त बल गर्नुभयो नि, धेरै बल गर्नुभयो। प्रचण्ड सिद्धियो, हामी प्रचण्ड हुने हो भनेर सबै बल गर्नभयो, तर भएन।”

केही माओवादी नेतालाई आफू बूढो भए जस्तो लागेको तर आफू बूढो नभएको उनको भनाइ थियो। 

त्यसका लागि सबैले पार्टी र नेतृत्वमाथि विश्वास गर्नुपर्ने उनको भनाइ थियो। उनले युवा तथा विद्यार्थीलाई पार्टीसँगै नेतृत्व बलियो बनाउनतर्फ लाग्न पनि आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस