२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा १५ प्रतिशत धान रोपाइँ

अ+ अ-

खजुरा – वर्षा सुरु भएसँँगै किसान खेतीपातीमा जुटेका छन्। केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन्।

बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यहाँ अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताए। उनका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन्।
‘पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भने, ‘सिँचाइ सुविधा पुगेको ठाउँमा केही किसानले मात्रै रोपाइँ सुरु गरेका छन्।’

उनले रोपाइँका लागि अझै समय रहेको भन्दै किसानलाई नआत्तिन आग्रह गरे। साउनमा रोपाइँ गरे पनि उत्पादन हुने उनको भनाइ छ।
आकाशे पानीको भरमा रहेका यहाँका किसानले पानी परेपछि अहिले धमाधम धानको बीउ राख्न थालेका छन्। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधाको अभावमा समयमा रोपाइँ गर्न नसकिएको बाँकेको डुडुवा गाउँपालिका–२ का किसान वृजमोहन गुप्ता बताउँछन्।

समयमै पानी नपरेपछि किसानले बोरिङबाट धानको बीउ राख्ने गरेका छन्। थोरै क्षेत्रफलमा रोपाइँ गर्ने किसानले बोरिङको प्रयोगबाट नै रोपाइँ गर्छन्। ठूलो क्षेत्रफलमा रोपाइँका लागि आकाशे पानीको विकल्प छैन।

सिँचाइ र मलको अभावमा यहाँका किसानले समयमा धान रोपाइँ गर्न नसकेको किसान अगुवा डुडुवाका राधेश्याम वर्माले बताए।

प्रतिक्रिया दिनुहोस