मधेश प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेश प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी


२० असार २०८०, बुधबार


काठमाडौँ । मधेश प्रदेश र लुम्बिनी प्रदेशलगायत तराई क्षेत्रमा बाढी र डुबान समस्या हुनसक्ने भन्दै चेतावनी जारी गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधवार, सूचना जारी गर्दै तराई भेगमा धेरै वर्षाको सम्भावना रहेको र होचो स्थानमा डुबानको समस्या हुनसक्ने भन्दै सचेत रहन भनेको छ ।

‘पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुँदा सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाऔँ।’ महाशाखाले भनेको छ ।

सप्तरीको राजविराज र आसपास भारी वर्षा भएकाले नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस