२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्बाव्वे विश्वकपमा छनोट हुन असफल

अ+ अ-

काठमाडौँ । स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा विश्वकपमा छनोट हुन असफल भएको हो ।

जिम्बाव्वे यो विश्वकप गुमाउने तेस्रो टेष्ट राष्ट हो । वेष्ड इण्डिज र आयरल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । श्रीलंका भने विश्वकपमा छनोट भइसकेको छ ।

यो जितपछि स्कटल्याण्डको विश्वकपमा छनोट हुने संभावना बलियो भएको छ । स्कटल्याण्डको र जिम्बाव्वेको समान ६ अंक छ तर रन रेटमा स्कटल्याण्ड अघि छ ।

स्कटल्याण्डले अब नेदरल्याण्ड्स सँग खेल्न बाँकी छ । यो खेलमा फराकिलो अन्तरको जित हात पारेमा भने स्कटल्याण्डको सट्टा नेदरल्याण्ड्स विश्वकपमा छानिने छ । नेदरल्याण्ड्सको ४ अंक छ ।

भारतमा हुने विश्वकपमा छनोट हुन जित्नै पर्ने खेलमा जिम्बाव्वे स्कटल्याण्डसँग ३१ रनले पराजित भयो । जितका लागि २३५ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली ४१।१ ओभरमा २०३ रन बनाउँदै अल आउट भयो ।

जिम्बाव्वेका लागि रायन बर्लले ८३ रनको शानदार पारी खेले पनि टिमलाई जिताउन असफल भए । सुरुवाती क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि जिम्बाव्वे दबाबमा परेको थियो ।

बर्लले सिकन्दर राजासँग पाँचौ विकेटका लागि ५४ र छैटौं विकेटका लागि वेस्ली मदभेरासँग ७३ रनको साझेदारी गरेका थिए ।

स्कटल्याण्डका क्रिश शोलेले ३ विकेट लिए ।

पहिला ब्याटिङ्ग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । उसका लागि माइकल लिस्कले ४८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस