१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घटे साढे ३५ हजार करदाता

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को १० महिनाको अवधिमा साढे ३५ हजार करदाता घटेका छन् । अर्थ मन्त्रालयका अनुसार वैशाखसम्म ३५ हजार ३ सय ८९ जना करदाताको दर्ता खारेज भएको हो ।

व्यवसाय दर्ता खारेजी भएको अवस्था वा व्यक्तिको मृत्यु भएको अवस्थामा करदाताको दर्ता खारेजी हुने गरेको छ । व्यवसाय बन्द, बिक्री वा हस्तान्तरण भई अस्तित्वमा नरहँदा उनीहरूको दर्ता खारेज हुने गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार वैशाखसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६ करदाताको दर्ता खारेज भएको छ । यो अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर थपिएको संख्या भने १ लाख २३ हजार ७६० रहेको छ । वैशाखसम्म कुल १८ लाख ७० हजार ४५७ वटा व्यावसायिक स्थायी लेखा नम्बर कायम रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।

वैशाखसम्म १२ हजार ६३५ जनाको व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता खारेजीमा परेको छ । वैशाखसम्म ४ लाख ९९ हजार ५७९ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । यस अवधिमा कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या भने ३५ लाख ३७ हजार २४८ जना पुगेको छ । वैशाखसम्म करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २ वटा दर्ता खारेज भएको छ । यस आवमा कुल ८ हजार २७ वटा नयाँ स्थायी लेखा नम्बर जारी भएको छ । देशभर २६ हजार ११९ वटा स्थायी लेखा नम्बर यस्तो जारी भएको छ ।

कुल दर्ता खारेज भएका करदातामध्ये स्थायी लेखा नम्बरको संख्या मात्र २८ हजार ३५३ वटा रहेको छ । मूल्य अभिवृद्धि करतर्फ वैशाखसम्म ४ हजार ६०७ वटा दर्ता खारेज भएका छन् । वैशाखसम्म नयाँ मूल्य अभिवृद्धि कर लिनेको संख्या २० हजार १०३ रहेको छ । अब देशभर ३ लाख ७ हजार १२७ वटा मूल्य अभिवृद्धि करमा दर्ता भएको तथ्याङ्क छ ।

अन्तःशुल्कतर्फ वैशाखसम्म २ हजार ४२९ दर्ता खारेज भएको छ । वैशाखसम्म ९ हजार १५९ वटा अन्तःशुल्कमा दर्ता भएका करदाता थप भएका छन् । देशभर अन्तःशुल्कमा १ लाख १८ हजार ९६१ करदाता दर्ता भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस