२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम उपाध्याय सचिवमा बढुवा

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ ।

मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

कार्य सम्पादनका आधारमा सरकारले उपाध्यायलाई बढुवा गरेको ती मन्त्रीले प्रशासनलाई बताए । यससँगै प्रशासनतर्फ कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति बनेका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, भोली निर्णय हुँदै

उपाध्याय जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छन् । 

सम्बन्धित समाचार : उपत्यकालगायत दर्जन जिल्लाका प्रजिअको सरुवा, काठमाडौँमा घनश्याम उपाध्याय

२०७९ भदौ २२ गतेदेखि काठमाडौँका सिडिओ रहेका उपाध्याय त्यसअघि एक वर्ष ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका थिए । उपत्यकामा रहेर दुई वटा निर्वाचन सम्पन्न गराएका उपाध्यायले प्रजिअ रहँदा टायम कार्ड लागू गर्नेदेखि सेवा प्रवाहमा चुस्तता ल्याउन अहम् भूमिका निर्वाह गरेका थिए ।

सरल प्रकृतिका उपाध्याय निजामतीमा स्वच्छ छविका प्रशासकका रूपमा चिनिन्छन् । 

प्रतिक्रिया दिनुहोस