सार्वजनिक रूपमा नीति र नेतृत्वको विरोध नगर्न काँग्रेसको आग्रह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सार्वजनिक रूपमा नीति र नेतृत्वको विरोध नगर्न काँग्रेसको आग्रह


१८ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ।

सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको विभागको बैठकले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको हो।

बैठकले विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने र हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात् पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय गरेको छ।

त्यस्तै विभागको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्ने र  समितिले  १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने पनि निर्णय गरेको छ। उक्त निर्देशिका मस्यौदा समितिमा संयोजक  दीपकप्रसाद कुइँकेल रहेका छन् भने सदस्यहरूमा गोविन्द परियार, गणेश के सी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र श्री निगम हुमागाईँ रहने छन्। 

कार्ययोजना तर्जुमा समितिमा संयोजक गोपालकुमार झा र सदस्य तिलक राई, उमिद वागचन, हुकम बुढा, विष्णु तिम्सिना, राघव गौतम र रम्मा मिश्र छन्।  

Tags :
प्रतिक्रिया दिनुहोस