मङ्गलवार अजरबैजान जाँदै परराष्ट्रमन्त्री साउद « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मङ्गलवार अजरबैजान जाँदै परराष्ट्रमन्त्री साउद


१८ असार २०८०, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् ।

अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलवार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन स् उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । उनी असार २३ गते स्वदेश फर्कने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस