विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने


१८ असार २०८०, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज सोमवार बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

विदेशमा रहेका मतदाताले मतदान गर्ने व्यवस्था कानुमा गर्न लागिएको हो । अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था गर्न लागेको आयोगले जनाएको छ ।

आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसद्मा लैजाने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस