२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश समृद्ध हुन नागरिकको आर्थिक अवस्था सुधारिनुपर्छ : मुख्यमन्त्री चौधरी

अ+ अ-

रामपुर, पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश समृद्ध बन्नका लागि नागरिकको आर्थिक अवस्थामा सुधार आउनुपर्ने बताएका छन् ।

नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि प्रदेश सरकार रोजगारमूलक कार्यक्रममा केन्द्रित भएको उनले बताए ।

आइतबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विपन्न, महिला, आदिवासी, जनजातिको जीवनस्तर नसुधारिएसम्म मुलुकले आर्थिक विकास गर्न नसकिने बताएका हुन् ।

उनले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी दिए ।

खेती लगाउने समयमा रासायनिक मलको अभावको समस्याले किसान हैरानीमा परेको हुँदा यस विषयमा प्रदेश सरकार संवेदनशील रहेको र सहजरूपमा मलको व्यवस्थापन गर्न माथिल्लो निकायमा जानकारी भइरहेको मुख्यमन्त्री चौधरीको भनाइ थियो ।

पाल्पाको विकासको मुख्य मेरुदण्ड पर्यटन रहेकाले पर्यटन विकासका लागि लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै मुक्तिनाथसम्म जोडिने गरी बुद्ध सर्किटको रुट बनाउन लागेको समेत मुख्यमन्त्री चौधरीले जानकारी गराए ।

तानसेनमा प्रदेश सरकारले निर्माण गरेको सांस्कृतिक डबली अब छिट्टै तानसेन नगर सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस