काठमाडौँ । प्रहरीले एक अवैध मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
नन मेडिकल पर्सनले कानुन विपरीत मेडिकल सञ्चालन गरी आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरबाही गरेको अभियोगमा शुक्रबार श्यामा कुमारी साहलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
बैतडीको पञ्चेश्वरमा सञ्चालित श्यामा क्लिनिक जिल्ला प्रशासन कार्यालयले गएको जेठ दोस्रो साता सिल गरेको थियो ।
प्रशासनले सिल गरेको क्लिनिक अटेरी गरी पुनः सञ्चालन गरेपछि श्यामालाई सोधपुछका लागि नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।
श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर साहकी श्रीमती हुन् । श्यामाले नै क्लिनिकमा बिरामी जाँच्नेदेखि औषधि विक्री गर्ने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।