१५ दिनमै डेढ अर्ब नाफा कमाएको निगमले गर्‍यो आईओसीको सबै ऋण चुक्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१५ दिनमै डेढ अर्ब नाफा कमाएको निगमले गर्‍यो आईओसीको सबै ऋण चुक्ता


१७ असार २०८०, आइतबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)को सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । उपभोक्तालाई मूल्यमा भार पारेर निगमले अन्ततः आईओसीको सबै बक्यौता चुक्ता गरेको छ।

निगमका अनुसार ब्याजबापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ, सो रकम पनि केही समयपछि भुक्तानी हुनेछ । निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको बताइएको छ ।

यसैबीच नेपाल आयल निगम हाल पाक्षिक (१५ दिनमा) १ अर्ब ६० करोड नाफामा गएको छ । खासगरी खाना पकाउने एलपी ग्यासको मूल्य अत्याधिक घटेर आएपछि निगमको नाफा बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस