नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट


१७ असार २०८०, आइतबार


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.७० अङ्कले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.२३ अङ्कले ओरालो लागेर ३९०.५२ मा सीमित भएको छ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। कूल एक करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। हिमालयनको ४२ करोड ५६ लाख ५४ हजार ७०७ बराबरको कारोबार भएको छ।

शिवम् सिमेन्ट २७ करोड ५५ लाख ९६ हजार ४२७, सोल्टी होटल २० करोड ८६ लाख ५० हजार ३१६, सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ करोड ६७ लाख ५७ हजार २९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख ८१ हजार ८६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस