कम्युनिष्टले मात्र जनतामा खुसी ल्याउन सक्छ, प्रचण्डजीले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कम्युनिष्टले मात्र जनतामा खुसी ल्याउन सक्छ, प्रचण्डजीले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल


१७ असार २०८०, आइतबार


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

उनले यी सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘ जनताको जीवनमा आमूल परिवर्तन गर्ने महत्त्वपूर्ण काम बाँकी छ । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसाबले समानताको हिसाबले, अवसरको हिसाबले र शिर ठाडो पारेर हिँड्न सक्ने हिसाबले समर्थ तुल्याउने यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्ने छ । त्यही कम्युनिस्ट पार्टीका नेताको रूपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो रु यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्न सक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरू, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ । हामी लागेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस