२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीआरआईबारे चिनियाँ अधिकारीहरूको चासो

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ अधिकारीहरूसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताएका छन् ।

पाँच दिने चीन भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आर्थिक विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि गर्न अनुरोध गरेको बताए । उनले अघि भने, ‘उपप्रधानमन्त्रीज्यू र सिचुवान पार्टी प्रमुखले सकारात्मक ढङ्गले सोच्ने विश्वास दिलाउनुभएको छ ।’

श्रेष्ठका अनुसार चिनियाँ अधिकारीहरूले बीआरआई प्रोजेक्टबाट लाभ लिने के कस्तो तयारी छ भनेर चासो राखेका थिए ।

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । यसको कार्यान्वयन योजनाको मस्यौदा आदान प्रदान भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यसलाई अन्तिम रूप दिएपछि ठोस प्रोजेक्ट र मोडालिटीबारे छलफल गरेर टुङ्गो लगाउँछौँ र बीआरआईबाट लाभान्वित हुनसक्ने आशा लिएका छौँ भन्यौँ ।’

सिचुआन एयरलाइन्सका अधिकारीहरूसँग भएको भेटमा आफूहरूले छेन्दु–काठमाडौं उडान सातै दिन गर्न आग्रह गरेको पनि श्रेष्ठले बताए । ‘छेन्दु-पोखरा र छेन्दु-भैरहवामा व्यावसायिक उडानका लागि अगाडि बढ्नुपर्‍यो भनेर अनुरोध गर्‍यौँ,’ उनले भने, ‘उहाँहरूले पोखरामा अलि बढी सकारात्मक सोचेको जानकारी गराउनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस