पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक अझै सुचारु भएन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक अझै सुचारु भएन


१७ असार २०८०, आइतबार


काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका – ५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । 

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ ।  अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने, सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस