कर्मचारीबाटै ठगिएपछि किसानले दिए उजुरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारीबाटै ठगिएपछि किसानले दिए उजुरी


१६ असार २०८०, शनिबार


झापा । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरूलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् ।

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् ।

माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीलाई उजुरी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस