१ सय ८१ रनमा अलआउट भयो वेष्ट इन्डिज « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

१ सय ८१ रनमा अलआउट भयो वेष्ट इन्डिज


१६ असार २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा वेस्ट इन्डिज १ सय ८१ रनमा अलआउट भएको छ ।

हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए । स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स, मार्क वाट र क्रिस सोलले २-२ विकेट लिए ।

वेस्टइन्डिज दुई पटकको एकदिवसीय तथा टी-२० विश्व कप च्याम्पियन हो । तर वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस