२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाग लागेको काँग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता बन्छु : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरेका छन्।

नेपाली काँग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो।

महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

‘मैले नेपाली काँग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो। किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ? यो कुनै गुटको कुरा होइन ?,’

उनले भने,’यो देश बदल्नै पर्छ। बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ। तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटक–पटक भनेको छु, ‘दाग लागेको काँग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’

थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागिपरेको उनको भनाई छ ।

एउटै व्यक्ति ५र६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरू आज एकसाथ सङ्कटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको बताए।

महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे।

उनले भने, ‘एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। नेपालमा आज किन पुरानो पार्टी सङ्कटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ सङ्कटमा पर्नुको थुर्पै कारणमध्येको मूल कारण भनेको ती पार्टीको नेताहरू, खासगरी पार्टीहरू जमेको पोखरीजस्तो भयो।’