श्रीलङ्काले नेदरल्यान्ड्सलाई २१ रनले हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रीलङ्काले नेदरल्यान्ड्सलाई २१ रनले हरायो


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २१ रनले हराएको छ । 

श्रीलङ्काले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदा अलआउट भयो । नेदरल्यान्ड्सका कप्तान तथा विकेटकिपर स्कट एडवार्ड्सले नटआउट ६७, वेस्ली ब्यारेसीले ५२ र बास दी लिडेले ४१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए । 

यसअघि जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए । १३१ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक र बास डी लिडेले ३-३ विकेट लिए ।

यो जितसँगै ुसुपर सिक्सु को तालिकामा श्रीलङ्का ३ खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । यो जितले श्रीलङ्काले विश्वकप खेल्ने सम्भावना उच्च भएको छ । यस्तै जिम्बावे दोस्रो स्थानमा छ । ुसुपर सिक्सु का शीर्ष दुई टोलीले आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस