काँग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिने : अर्जुननरसिंह केसी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिने : अर्जुननरसिंह केसी


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेस पार्टीलाई नागरिकले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताएका छन् ।

शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले काँग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिनेका बताएका हुन् । 

उनले काँग्रेसलाई नागरिकले विकृति र मनपरीतन्त्रको संवाहकको रूपमा पनि चिनेका बताए । नागरिक निराश भएर विकल्प खोजिरहेका भन्दै काँग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने उनको भनाइ छ ।

उनले भने, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रूपमा नागरिकले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रूपमा नागरिकले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकको रूपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा नागरिकमा निराशाको स्थिति र अरू के विकल्प छ भनेर खोजिरहेका छन् । नागरिक विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् ।’

नेता केसीले काँग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस