काठमाडौँ । युवा तथा खेलकुमन्त्री एवं काँग्रेसका नेता डिगबहादुर लिम्बूले कोसी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नामकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए।
प्रदेशको नाम पुनर्विचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताए। उनले काँग्रेसको गतिविधि शून्य रहेको वेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएको बताए।
पार्टीको रुचिमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे। युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसासमेत नभएको दाबी गरे।