२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ : मन्त्री डा. भुसाल

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताएका छन् ।

‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील छ । यस वर्षको सबै कार्यक्रमलाई सफल बनाउन लागि परौँ ।’ मन्त्री डा.भुसालले भने ।

राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको बताउँदै मन्त्री डा.भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । उनले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने प्रष्ट पारे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतले धान उत्पादनमा नेपाल विश्वको १२ औँ स्थानमा भए पनि ठूलो सङ्ख्यामा धान आयात गरिरहेको बताउँदै धान उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

‘धान उत्पादनमा नेपाल विश्वको १२ औँ स्थानमा छ । तर पनि हामी ठूलो सङ्ख्यामा धान आयात गरिरहेका छौँ । विसं २०३१ मा आठ वटा कम्पनीले धान निर्यात गर्थे, अहिले हामी धान आयात गरिरहेका छौँ । यो अवस्था किन आयो भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ’, डा.राउतले भने ।

सदस्य डा.राउतले धान उत्पादन हाम्रो समग्र आर्थिक वृद्धिसँग जोडिएको तर्फ ध्यान दिँदै उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नु अहिलेको आवश्यकता रहेको तर्क गरे ।

“खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नु आजको आवश्यकता हो । जीवन सुरक्षाका लागि कृषकमैत्री प्रविधि निर्माण गरेर धान उत्पादनमा लगाउन हामी सबैले पहल गर्नुपर्छ । यसका लागि नार्कको भूमिका महत्त्वपूर्ण छ । इरी संस्थासँग समन्वय गरेर उत्पादनमा वृद्धि गर्ने गरी धानका बीउ व्यवस्थापनका लागि हामी लागि परेका छौँ ।” सचिव डा.खरालले भने ।

उनले सिँचाइ र पूर्वाधारको उचित व्यवस्थापन हुन नसक्दा उत्पादनमा समस्या रहेको बताउँदै चैते धानलाई कसरी प्रवर्द्धन गर्ने भन्नेमा मन्त्रालय लागेको र प्रविधिको विकासअनुसार बीउ उत्पादन र नियमन गरेर जाने कुरामा मन्त्रालयको ध्यान गएको बताए ।

कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले राष्ट्रिय जिडिपीमा धान उत्पादनको योगदान पाँच प्रतिशत रहेको बताउँदै गुणस्तरीय बीउ वितरण गरेर आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गर्दै उत्पादन वृद्धिमा लाग्नुपर्ने बताए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका महानिर्देशक डा रामकृष्ण श्रेष्ठले जलवायु परिवर्तनको असरले कृषि उत्पादनका साथै धान उत्पादनमा समेत असर परेको अवस्थालाई ध्यान राख्दै यस वर्षको नारा तय गरिएको बताए । यस वर्ष धान दिवसमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा छ । उनले हाल नेपाललाई ७२ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा उत्पादन ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस