एमालेलाई हमला गरेर कोशीको समस्या समाधान हुँदैन : योगेश भट्टराई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेलाई हमला गरेर कोशीको समस्या समाधान हुँदैन : योगेश भट्टराई


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए ।

सम्बन्धित समाचार

आफूलाई कालो झण्डा देखाएको प्रसङ्ग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।’

उनले विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

‘आज मलाई कालो झन्डा देखाउनेहरूको अधिकारका लागि म स्वयम र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरूले गर्नु भएकोमा लोकतन्त्रको सङ्घर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ,’ उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस