संघीय शिक्षा ऐन जारी गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय शिक्षा ऐन जारी गर्न माग


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालगायतलाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन छिटो जारी गर्न पहल गरिदिन माग गरेका हुन्।

संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन हामीले सरकारकी प्रवक्ता, शिक्षा समिति सभापति कालुराम राई, सांसद बद्री पाण्डे, तोसिमा कार्की लगायतलाई आग्रह गरेको नेविसंघ नेता गोविन्द कोइरालाले बताए।

संघीय शिक्षा ऐन छिटो जारी गर्न माग गर्दा यसअघि नेविसंघका नेताहरूलाई संघीय संसद भवन अगाडिबाट प्रहरीले पक्राउसमेत गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस