एटीआर-७२ जहाज खरिद गर्दै बुद्ध एयर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एटीआर-७२ जहाज खरिद गर्दै बुद्ध एयर


१४ असार २०८०, बिहिबार


काठमाडौँ । बुद्ध एयरले नयाँ जहाज खरिद गर्ने भएको छ । बुद्ध एयरले एटीआर-७२ जहाज खरिदका लागि प्रक्रिया नै थालिसकेको जनाएको छ ।

बुद्ध एयरका अनुसार जहाजलाई नियमित रूपमा मर्मत सम्भारमा राख्नुपर्ने हुन्छ । मर्मत सम्भार गर्दा उडान तालिका प्रभावित हुन नदिन जहाज खरिद गर्न लागिएको बताइएको छ । 

बुद्ध एयरले पोखराबाट अन्य सहरमा सिधा उडान गर्न र विभिन्न गन्तव्यमा उडानको संख्या बढाउने तयारी गरिरहेको छ ।

बुद्ध एयरले हाल काठमाडौँबाहिर पोखरालाई दोस्रो हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान भरिरहेको छ । उसले पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस