उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले गरे प्रधानमन्त्रीसँग छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले गरे प्रधानमन्त्रीसँग छलफल


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेका छन् । 

परिसंघ पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । 

प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेका छन्।

उनले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि आग्रह गरेका छन् ।

बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस