संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ : नेता खनाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छ : नेता खनाल


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा सबै जातजाति, समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । 

भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उनको सरल जीवनशैली, आaदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी उनको भनाइ छ ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस