चलचित्र ‘परस्त्री’आजबाट प्रदर्शनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चलचित्र ‘परस्त्री’आजबाट प्रदर्शनमा


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।

प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए। ‘हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ’, उनले भने।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रसमेत बिहीबार नै आउँदै छ । त्यसैले हामीले पनि यहीँ समय रोजेका हौँ ।’

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उक्त चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन्।

बुधबार साँझ काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘चलचित्रकर्मीले दिएको प्रतिक्रियाले हामी उत्साहित भएका छौँ । अन्य दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छौँ’, लेखक खनालले भने । सो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस