राष्ट्र ऋण उठाउने विधेयक २०८० स्वीकृत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्र ऋण उठाउने विधेयक २०८० स्वीकृत


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा. स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना श्रेष्ठ, अशोककुमार चौधरी र अमृतलाल राजवंशीले बोलेका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले अहिलेसम्म सीमाभित्रै रहेर ऋण लिइएको र ऋणको बोझ घटाउन सरकारले प्रयत्न गरिरहेको बताए । उनले ऋण कति लिनेभन्दा पनि ऋणको कसरी प्रयोग गर्ने भन्ने विषयलाई सरकारले गम्भीरताका साथ लिएको पनि उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले दातृ निकाय बहुपक्षीय र त्रिपक्षीय ऋण कुन क्षेत्रमा कसरी प्रयोग हुन्छ भन्नेबारे यथेष्ट गृहकार्य गरेर मात्रै ऋण लिने सरकारको नीति रहेको स्मरण गराए ।

सहुलियतपूर्ण ब्याज सकेसम्म एक प्रतिशतभन्दा तलको ऋणलाई प्राथमिकता दिने गरेको उनले बताए । 

त्यसरी लिएको ऋण बढीभन्दा बढी पूर्वाधार विकास ९पर्यटन, ऊर्जालगायत क्षेत्र० मा लगानी गर्ने गरी प्राथमिकीकरण गरिएको पनि उनले उल्लेख गरे । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस